सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २० माघ २०८१

जसपा नेपालको दोस्रो दिनको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने

https://jawaaf.com/storage/01JK281SHCNPD451RW7XJBNM2F.avif

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने भएको छ ।आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

Bantawa Hardware.gif 828.52 KB

बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ ।

त्यस्तै सरकारले ल्याएको अध्यादेश, मधेस केन्द्रित दलहरू बीचको मोर्चा, नो केवलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजना लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताएका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png