सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २१ माघ २०८१

केवलकार विवाद, नो केवलकार पक्षसँग आज वार्तामा बस्दै

https://jawaaf.com/storage/01JK5M5S9FDVJYSFDE4Y9HKX8R.jpg
फाइल फोटो I

२१ माघ, धरान । मुकुम्लुङ केवलकार विवाद समाधानको लागि सरकारले वार्ता टोलि गठन गरेको छ । शुक्रवार माननीय अशोक कुमार राईले केवलकार विवाद समाधान गर्न नो केवलकार पक्षसँग वार्ता गर्न सदनमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । 

सोही विषयलाई ध्यानमा राखी सकारको तर्फबाट ४ सदस्यीय वार्ता टोली गठन गरेको हो ।   गृह मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय,पर्यटन तथा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयको प्रतिनिधि सहित आज नो केवलकार र सेफ मुकुम्लुङ पक्षसँग वार्ताको लागि समिति खटाएको हो।

मुकुमलुङमा नो केवलकार पक्षले वार्ताका लागि निम्न पूर्व सर्तहरू अगाडी सारेको छ । केवलकार खारेज गर्नु पर्ने, सशस्त्र प्रहरी हटनु पर्ने,गिरफ्तार गरेकालाई रिहा गर्नु पर्ने, घाइतेहरूको निःशुल्क उपचार गर्नु पर्ने ,घटनबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने,घाइते जीवन बृत्ती दिनु पर्ने, मुकुमलुङ क्षेत्र भित्रका ३ हजार घरधुरी विस्थापित नहुने गरी पाथीभरा विकास समिति गठन आदेश २०५४ संशोधन हुनु पर्ने रहेको छ ।

Pathivara.gif 82.25 KB

सम्बन्धित खबर

/frontend/images/redline.png