माओवादी नेताहरूको कार्यविभाजन तोकियो, यस्तो छ जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन तोकेको छ । सोमवार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए । उनले भने, ‘प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास सार्क समितिमा लक्ष्मण पन्त इन्चार्ज तोकिनु भएको छ । युरोप–अमेरिका अन्तर समितिमा राम कार्की तोकिनु भएको छ । यसैगरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।’
बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।
सम्बन्धित खबर
