केएफटिसि झापालाई पराजित गर्दै एनआरटी काठमाडौ सेमिफाइनलमा
धरान । धरानमा जारी २५ औ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एनआरटी काठमाडौँ प्रवेश गरेको छ । मंगलबार धरान रङ्गशालामा भएको एनआरटी र केएफटिसि झापा बिचको खेलमा ३-१ गोलले पराजित गर्दै एनआरटी सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाल्फमा दुबै तर्फ बाट गोल हुन सकेन । खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको ६० औँ मिनेटमा एनआरटीका कप्तान सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने ७९ औ मिनेटमा रोहन खड्गिले तेस्रो गोल गरे । झापाको लागि रोबर्ट कोङ्जोले सान्त्वना गोल गरे ।
खेलको म्यान अफ दि म्याच एनआरटिका शिशिर लेखी बने । उनले १० हजार नगद चेक सहित ट्रफी हात पारे ।
आजको बिजेता एनअरटीले युके एफ.सि संग सेमिफाइनल खेल खेल्नेछ । भोलि आरटिसी भुटान र चर्च ब्वाइज युनाइटेड काठमाडौबिच पहिलो सेमिफाइनलको खेल दिउसो ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
