आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१

तामाङ घेदुङ पोर्चुगलले मनायो भव्यताका साथ सोनाम ल्होसार

https://jawaaf.com/storage/01JKCK0K90FFSZ8MY978T16E09.avif

लिस्बन । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले भव्यताका साथ सोनाम ल्होछार  (नयाँ वर्ष) मनाएको छ । मञ्जुश्री सम्बत् २८६१ तथा (डुल)सा पुख्री ल्होको अवसर पारेर घेदुङले आइतवार राजधानी लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाएको हो ।

‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ विदेशी भूमिमा धुमधामका साथ ल्होछार मनाइएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले बताए । सो अवसरमा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने विशेष सांस्कृतिक झलकहरू समेत प्रस्तुत गरिएको थियो ।

Pathivara_Adv..gif 182.28 KB

कार्यक्रमलाई सम्बोधन गर्दै युवा उद्यमी तथा समाजसेवी विजय मोक्तानले संसारको जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, आईसीसी सदस्य सूर्य हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, वुमन एसोसिएसनका उपाध्यक्ष गीता रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तामाङ अक्षयकोषको स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको  कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png