मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २४ माघ २०८१

युके एफसिको फाइनल खेल्ने सपना अधुरै , उपाधि लिने दाउमा एनआरटी र चर्च ब्वाइज

https://jawaaf.com/storage/01JKDJM8YRKC7RYNAM6JPC6AQZ.jpg

धरान । धरानमा जारी २५ औ बुढासुब्बा गोल्डकपको फाइनलमा साबिक विजेता एनआरटी र चर्च ब्वाइज बिच  प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न दोस्रो सेमिफाइलमा युके एफसी भारतलाई हराउँदै एनआरटी काठमाडौँ  फाइनलमा प्रवेश गरेको हो । 

Pathivara_Adv..gif 182.28 KB

खेलको २७ औ मिनेटमा शिशिर लेखीले एनआरटीबाट पहिलो गोल गरे । लगत्तै ३ मिनेटको अन्तरालमा युके एफसी भारतको तर्फबाट हेमराज भुजेलले गोल गर्दै खेल बराबरी बनाए । एनआरटीका प्रदिप बुढाथोकीले ४४ औ मिनेटमा १ गोल, ७० औ मिनेटमा थप १ गोल गरि फाइनलको यात्रा पक्का पक्की गरे भने ३-१ को गोलअन्तरले हार ब्यहोर्दै युके एफ.सि को फाइनल पुग्ने सपना अधुरो रहयो । 

Furniture House.gif 947.74 KB

खेलको उत्कृष्ट खेलाडी एनआरटीका पहिलो गोल गर्ने शिशिर लेखी घोषित भए । उनले नगद १० हजार ट्रफी हात पारे । शनिवार एनआरटीले जित यथावत् राख्न   खेल्नेछ भने चर्च ब्वाइजलाई जित्नैपर्ने दबाब रहेको छ । 

शनिवार दिनको १ बजे चर्च ब्वाइज र एनआरटी बिच फाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी गराए । उपाधि जित्ने टिमले नगद १० लाख मेडल ट्रफी पाउनेछ भने दोस्रो हुने टिमले ५ लाख मेडल ट्रफी पाउनेछ  ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png