आइतबार, १० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २६ माघ २०८१

समाजवाद निर्माणको मुख्य आधार कृषि प्रचण्ड

https://jawaaf.com/storage/01JKJFMFFT0WAP8VZ5E82TBEVM.avif

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात् गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको बताए ।

SathyaShishu_School.gif 386.43 KB

उनले नोकरसाही, पुँजीपति र बिचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरूले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगीकरणको मौलिक बाटो समात्नुपर्ने पनि बताए । 

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने बताए । 

Pathivara_Adv..gif 182.28 KB

यस्तै, उनले चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रूपमा स्थापित गरेको जानकारी दिंदै अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाएका छन् ।

उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा पनि आपत्ति जनाए ।

उनले फागुन १२ गतेदेखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखमा हुने मध्य पहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिए ।

Sardanjali.gif 829.37 KB

सम्बन्धित खबर

/frontend/images/redline.png