सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २६ माघ २०८१

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

https://jawaaf.com/storage/01JKJMAKPDS0KQCRPJ0PCBFTM8.avif

रौतहट । बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ । रौतहटको दुर्गा भगवति गाउँपालिका–१ निवासी बालक हन्श चौधरीको शव शनिवार दिउँसो भेटिएको हो । वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित मामा घर आएका बालक खेल्ने क्रममा हराएका थिए ।

बालकको खोजीमा प्रहरी र स्थानीयहरू सँगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् ।

यस घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिएकी छिन । यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png