सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २७ माघ २०८१

ओलीको के खुस्कियो बुझ्न बाँकी छ : सांसद सापकोटा

https://jawaaf.com/storage/01JKNBFB1J6VSW3BX3YD8VKB53.avif

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले  सरकारले  ल्याएको  अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो  भएको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रूपमा जोड घटाउ, हिसाबकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैँले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मन्तव्य सुन्न छाडेर टिकटकरहरूसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए ।

उनले भने, ‘अध्यादेश त एउटा नेपाली उखान छ नि अब खाउँ भने कसको अनुहार, नखाउ भने दिनभरिको शिकार भनेकोजस्तो भएको छ सरकारलाई । अहिलेका प्रधानमन्त्री अलि यो  प्राविधिक रूपमा जोडघटाउ, हिसाबकिताब अलि गर्न नजान्ने  भाष्य नै सिर्जना भइसकेको छ । कहिले  आफैं  प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैँले ह्यान्डल गर्ने, विपक्षी दलको नेताको मन्तव्य सुन्न छोडेर टिकटकरहरूसँग गफ गरेर बस्ने अलि प्राविधिक टाइपको हो उहाँ तर यसपालि के खुस्कियो अब यो बुझ्न बाँकी छ ।’

साथै उनले यो सरकारले ल्याएको अध्यादेश घाँडो भएको बताए । उनले सकेसम्म प्रतिपक्षले यो अध्यादेश अस्वीकृत गर्ने बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png