सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २८ माघ २०८१

कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन् : मन्त्री पौडेल

https://jawaaf.com/storage/01JKQR0X9TN7RPYFB53ZRS5N2A.avif

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन् ।  सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरुले चाँही कांग्रेसको विचार आत्मासाथ गरेको प्रष्ट पारे । 

Bantawa Hardware.gif 828.52 KB

उनले भने,‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो । यही विश्वविद्यालयमा पढेर अरु नेताहरुले दल खोल्नुभयो । दलको नेता बन्नुभयो । मान्छेहरु भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो । तर होईन् । कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो । नेपाली कांग्रेसको विचार कम्युनिष्टहरुले आत्मासाथ गरेका हुन् ।’

Pathivara_Adv..gif 182.28 KB

त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए । आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए । 

SathyaShishu_School.gif 386.43 KB

‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्व दिएर गएका हौं । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हुन जरुरी छ ।’

सम्बन्धित खबर

/frontend/images/redline.png