आइतबार, १० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २८ माघ २०८१

गोरखा सुलिकोट गाउँपालिकाका स्थानीय टेकबहादुर घले ५४१ दिन देखी अनशनरत

https://jawaaf.com/storage/01JKQY6SAEYV2MNZK91VFA9C8E.avif

काठमाडौँ । गोरखा सुलिकोट गाउँपालिकाका स्थानीय टेकबहादुर घले २०७५ साल देखी आर्मीबाट पीडित भए भन्दै माइतीघरमा अनशन बसेका छन् । उनले आर्मीको मेजर निशान्त पण्डित लगायतले आफूलाई सुकुम्वासी बनाएको भन्दै माइतीघर मण्डलामा अनशन बसेका हुन् ।

Pathivara_Adv..gif 182.28 KB

उनले भने, ‘मेरो घरबार उठिबास भयो, मलाई सुकुम्वासी बनायो । छोरा विदेश गएर ऋण तिर्न सकेन । छोरा बहुलाउन लाग्यो । त्यही भएर बाध्य भएर म यहाँ उभिन आएको छु । रहर होइन यो मेरो  एकदमै  ठूलो  पीडा हो । म इमान्दार काम गरेर खाने मान्छे  हो । यस्तो अन्याय गर्यो । मेरो  होटेल भत्काएर भ्रष्टाचार गरेर भाग्यो निशान्त पण्डित भन्ने आर्मीको मेजर । तीन वर्ष त्यतिकै अलपत्र छोड्यो मेरो होटेल । फेरी अर्को विनोद भट्ट भन्ने आयो तपाईँलाई न्याय दिन्छु र क्षतिपूर्ति मिलाई दिन्छु भनेर । सरकारसँग २५ लाख लिएको  रहेछ , मलाई १३ लाख ८२ हजार मात्र दिएर गयो यो पैसा लिन्न भन्दा मर्लास होस् गर भन्यो मलाई ।’

उनी अनशन बसेको ५४१ दिन भैइसकेको छ ।

 

सम्बन्धित खबर

/frontend/images/redline.png