आइतबार, १० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २९ माघ २०८१

हेटौँडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

https://jawaaf.com/storage/01JKSPBFAT53CJJTN62KC67EC1.avif

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौँडाले अन्तरिम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ ।

हेटौँडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ । उपमहानगरपालिकाले फोहोर नउठाउने सूचना जारी गरेसँगै फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मा पाएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन बन्द गरेको हो ।

Pathivara_Adv..gif 182.28 KB
 

हेटौँडाका मुख्य बजार क्षेत्रका सबै वडाहरू र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरूबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर सङ्कलन हुने गरेको थियो । फोहोर सङ्कलन बन्द गरिएसँगै घरभित्रै र सडकमा फोहोर थुप्रिएर वातावरण दुर्गन्धित हुने खतरा छ । हेटौँडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौँडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।

फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौँडा इजलासमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेकी हुन् ।

MIC (1).gif 172.09 KB

‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौँडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नु, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौँडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलो पटक फोहोर फाल्न रोक लगाइएको हो । ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर सङ्कलनको काम हाललाई आदेश बमोजिम स्थगित गरिएको बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png