सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१

जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार

https://jawaaf.com/storage/01JKZRJWTP4WSWRKN73KAVV83Z.avif

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो ।

यहाँको जङ्गल तथा बस्तीमा करिब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका अनुसार हात्तीको दाया खुट्टा घाइते भएको अवस्थामा रहेको थियो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने आशका गरिएको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलिले  घाइते हात्तीको उपचार गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

Pathivara_Adv..gif 182.28 KB

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दायाँ खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अवस्थामा उपचार गरिएको हो ।हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले जानकारी दिए ।हात्ती बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै  त्यसै स्थानमा छाडिएको थियो ।

तर स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन । हात्तीको उपचार मात्र गर्ने तर स्थानतरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । उक्त जङ्गली हात्तीको नाम एमगज भएको बुझिएको छ ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png