मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रैमहिना काठमाडौँमा आपूर्ति गर्नका लागि आवश्यक पहल गरिरहेकोबताएका छन् ।
बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँवार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्षवर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भएपनिआगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रैमहिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताएका हुन् ।
उनले भने,‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्नेविकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमापनि मेलम्चीको पानी बन्द हुँने छैन ।’
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमाबाग्मती नदीबाट बर्षादको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमाल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यकपहलकदमी भइरहेको समेत जानकारी दिए ।
मन्त्री यादवले याङ्ग्री र लार्केको पानी पथान्तरण हुनु अगावै पूर्वाधारतयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलब पाँच करोड लिटरक्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेण्डर आह्वानभइसकेको बताए ।
उनले भने,‘हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानीप्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलब ५ करोड लिटरपु¥याइने लक्ष्य रहेको छ । यसका लागि एशियाली विकास बैँकसँगऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको छ ।’
भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाकोवातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने कार्य अघि बढाइएकोसमेत मन्त्री यादवले जानकारी दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकाखानेपानी लिमिटेड (केयुकेयल) ले आफूलाई जनताको सेवामा पूर्णरूपले समर्पित गर्नुपर्ने बताए ।
ग्राहकमैत्री सेवाले समर्पित भई सुशासनयुक्त एवम् झन्झट रहितकेयूकेएलका रूपमा आफूलाई स्थापित गर्न यस कम्पनीका हरेक तहर तप्काका कर्मचारीहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरागर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवको भनाई छ ।
उनले भने,‘केयुकेयलले आफूलाई जनताको सेवामा पूर्ण रूपलेसमर्पित गर्नुपर्ने छ । कर्मचारी साथीहरुले पनि इमान्दारीपूर्वक आफ्नोजिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानीकोगैरराजस्व घटाउँदै लगेर आफ्नो आम्दानीमा उल्लेख्य बढोत्तरी गर्नसक्ने सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नुपर्ने आवश्यकतादेखिएको उनले उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले सिस्नेरी परियोजनालाई अघिबढाउनका लागि अग्रसरता लिइएको र मेलम्चीको पानी पथान्तरणरोकिने समयमा बाग्मती नदीबाट बर्षातको पानी सुन्दरीजल पानीप्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथाआवश्यक पहलकदमी भइरहेको जानकारी गराए ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०। ८१ को बजेट वक्तव्य मार्फतकाठमाडौँ उपत्यकाका खानेपानी सेवासँग सम्बन्धित संस्थाहरूकोपुर्नसंरचना गरी सम्पत्तिको दीगो व्यवस्थापन र सञ्चालन तथाप्रभावकारी नियमनको व्यवस्था गर्ने मन्त्री यादवले जानकारी गराए ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशकअशोककुमार पौडेल, मेलम्ची खानेपानी विकास समितिका प्रमुखरत्नप्रसाद लामिछाने, आयोजना कर्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरी, भ्याली बोर्डका प्रमुख संजिवबीक्रमराणा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर