नेपाल र चीनको युवा टोलीबिचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा
काठमाडौँ । भोलि (शनिवार) बाट हुने काठमाडौँमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो । आयोजकका अनुसार यस खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
सम्बन्धित खबर