आइतबार, १० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०५ फागुन २०८१

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

https://jawaaf.com/storage/01JM9Q4KNA21V1KK7VQEXXXK51.avif

काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।

अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए ।  आइतवार नै उक्त  विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।

यसैगरी प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९÷०८० र सातौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०÷०८१ सदन समक्ष पेस गरेका हुन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png