बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०६ फागुन २०८१

झापा ११ लाई हराउँदै मच्छिन्द्र इटहरी गोल्ड कपको सेमिफाइनलमा

https://jawaaf.com/storage/01JMBKJCPXYY5P38PQ19X1B8DX.jpg

इटहरी । इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ ।

सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो  । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे । 

प्रतियोगिता अन्तर्गत मङ्गलवार चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच अन्तिम क्वाटर फाइनल खेल हुनेछ । 

फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेता लाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png