सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०६ फागुन २०८१

‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’

https://jawaaf.com/storage/01JMC69CJH157A4YTTS371YJ25.avif

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जावोध भइरहेको बताएकी छिन् ।  सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन् । 

Pathivara_Adv..gif 182.28 KB

उनले भनिन्,‘आज मलाई यो सरकारले सदनप्रति देखाएको अनुत्तरदायी जवाफहिन व्यवहार देखेर जज्जावोध भइरहेको छ । आज भन्दा पाँच महिना अगाडि साउन २१ २०८१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषय उठाएको थिए । महिला बालबालिका मन्त्रालय,समाज कल्याण परिषद् अन्तर्गत भएको १७ औं छानबिनको १७ औं प्रतिवेदन सार्वजनिक गरियोस् । दोषीलाई कारबाही गरियोस् भनेर माग गरे । टेन्डर खरिद गर्दा चलखेलको विषय र केन्द्रीय कार्यसमितिको बैद्यानिकताको विषयमा सरकारसँग जवाफ मागेको थिए । तर न प्रतिवेदन सार्वजनिक भयो । न सरकारले जवाफ दियो । न सरकार संवेदनशील देखियो र त संसद नै ।’

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png