सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०७ फागुन २०८१

समाजवादी विद्यार्थी युनियनको आवाज जस्टिस फर प्रकृति लम्साल

https://jawaaf.com/storage/01JMERX12MEYKN51DYQV7B23F6.jpg

धरान । भारतको उडिसा राज्य स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा  अध्यायनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको घटना प्रति  समाजवादी विद्यार्थी युनियनले  विरोध जनाएको छ । 

मङ्गलवार समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस समिति धरानले क्याम्पसको मेनगेटमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मृतक लम्सालको न्यायको माग गरेको हो । 

SathyaShishu_School.gif 386.43 KB
 

नेपाली विद्यार्थीहरू गुणस्तरीय शिक्षा प्राप्तिको सिलसिलामा अन्यत्र जानु परेको अवस्थाको परिणाम आज प्रकृति लम्साल जस्ता धेरै नेपाली विद्यार्थीहरूले अकालमा मृत्युहुने अवस्थाहरू दोहोरीरहेको छ विदेश पढ्न कमाउन गएका विपिन जोशीहरू आज सम्म बेपत्ता भएको कारण हामी पिडामा नै छौँ फेरी थप पिडितहुनु पर्ने अवस्था भएकोछ यस प्रकारको घटना दोहोरिन नदिन सरकार गम्भीरहुन आवश्यक छ समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष बिजय राईले भने । नेपालको शैक्षिक स्थिति प्रति गुनासो राख्दै अबको दिनमा यो प्रकारको घटना दोहोरिन नदिनको लागि राज्यलाई ध्यानाकर्षण  समेत उनले गरे ।  

Pathivara_Adv..gif 182.28 KB

कार्यक्रममा समाजवादी युवा संघ प्रदेश सचिव रन्जित राई, जसपा धरान उपमहानगर कार्यकारिणी समिति सदस्य कौशिला चेमजोङ लगायतले  बोलेका थिए । 

जस्टिस फर प्रकृति लम्साल,शैक्षिक माफिया होसियार,नेपाली विद्यार्थी माथिको  दुर्व्यवहार बन्द गर लगायतको प्लेकार्ड सहितको नारा लगाएका थिए । उनिहरूले  प्रकृति लम्सालको सम्झना गर्दै सामूहिक रूपमा मैनबत्ती बालेर शोक व्यक्त गरे ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png