सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे

https://jawaaf.com/storage/01JMKRTHJT9ZXXTHBJPPFP7X58.avif

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् । अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुन्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले भाषा नभए मानिसको जिन्दगी निरस हुने बताए । उनले प्रत्येक भाषाले छुट्‍टा छुट्‍टै सन्देश दिने, अर्थ राख्ने, संवेदनशीलता, दर्शन, इतिहास सभ्यता बोक्ने पनि बताए । 

मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए । उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए । मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे ।

सम्बन्धित खबर

/frontend/images/redline.png