सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १० फागुन २०८१

एकलौटी रूपमा पार्टी चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौ : अध्यक्ष राई

https://jawaaf.com/storage/01JMNZ501VDAF26ENM0Q9Y36MP.avif

जनकपुर । जनता समाजवादी पार्टीका नेताहरूले, उपेन्द्र यादवले एकलौटी रूपमा पार्टी चलाउन खोजेकाले आफूहरू अलग हुन बाध्य भएको टिप्पणी गरेका छन् । जनकपुरधाममा शुक्रवार अबेर साँझसम्म चलेको जसपाको मधेस प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी नेताहरूले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए । उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, वैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।


अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए । उनले कुनै किसिमको अन्योलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

कार्यक्रममा सहअध्यक्ष रेणुकुमारी यादवले उपेन्द्र यादवमाथी आफू बाहेक अरूलाई नेता बनाउनै नचाहेको आरोप लगाइन् । उनले अपमान सहेर पार्टीमा बस्न नसकेपछि आफूहरू अलग भएको पनि बताइन् । सहअध्यक्ष यादवले मधेशका जनतालाई हातमा हात राखेर नबस्न अनुरोध गर्दै प्रदेशमा सात वर्षमा भएको बजेट खर्चको हिसाब नेताहरूसँग लिनसमेत आग्रह गरिन् ।

त्यसैगरी, जसपाका नवनिर्वाचित मधेश प्रदेश समितिका अध्यक्ष अशोक यादवले मधेसको हकहितका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा पार्टीका उपाध्यक्ष नवलकिशोर साह, खानेपानी मन्त्री तथा पार्टीका उपमहासचिव प्रदीप यादवलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।


सम्बन्धित खबर

/frontend/images/redline.png