बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१

चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योग फस्टाउँदो

https://jawaaf.com/storage/01JMR6135C6M54XRWGGB4G2N97.avif

एजेन्सी । चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योगको विकासले तिब्रता पाएको छ । विशेषगरी च्याट जिपिटीपछि ह्युमानाइड रोबोटहरू नयाँ रेकर्ड तोड्दै उद्योगका रुपमा विकसित हुँदै गएका हुन् । 

जसका कारण कुनै समय विज्ञानको कथा जस्तो लाग्ने कुरा अहिले यथार्थमा परिणत भएको देखिन्छ । चीनको ‘टेक हब’ मानिने शेन्जेनमा ह्युमनोइड रोबोटिक्स उद्योग फस्टाउँदै गएको हो ।

रोबोटका डिजाइनरहरुका अनुसार रोबटका मोडेलको प्राकृतिक हिड्ने चाल हासिल गर्न कठिन हुने गरेको भएपनि अब विस्तारै व्यवसायिकरण हुँदै गएको छ ।

 शेन्जेन इन्जिनएआई रोबोटिक्स टेक्नोलोजीका प्रमुख मार्केटिङ अफिसर याओ ऐवेनका अनुसार रोबोटका लागि पहिलेदेखि नै सिकाई प्रक्रिया, प्रोत्साहन, सिकाई कोडिङ र डिप्लोयमेन्ट कोडिङको ओपन सोर्सलाई प्रयोग गरेर अगाडि बढ्दै जाँदा सफलता हासिल गर्दै गएको बताए ।

एआए अर्थात कृत्रिम बुद्धिमताको विकास भइरहेका बेला ह्युमानाइड रोबोटहरूले केहि वर्षमै विशाल प्रगति गरेको उनले बताए । उच्च–जोखिमका साथ अगाडि बढ्नका लागि पूँजी र इन्जिनियरिङ प्रतिभा सुनिश्चित गर्ने चुनौतीहरू थपिएको उनले बताए ।

 चाइना डेवलपमेन्ट इन्स्टिच्युटका सहायक अध्यक्ष चाओ जोङसिओङले च्याट जिपिटीपछि, ह्युमानाइड रोबोटहरूले उच्च प्रगति गरिरहेको स्वीकारे । उनले अझै प्राविधिक समस्याहरुको समाधान गर्न बाँकी रहेको पनि बताए ।

‘हामीलाई इन्जिनएआई जस्ता कम्पनीहरूले बलियो शुरुआत भएको बताइरहेका छन् । हालको सफलताको अधिकांश हिस्सा शेनझेनको समृद्ध प्राविधिक इकोसिस्टमबाट आएको हो,’ उनले भनेका छन् ।

शेनझेन र ग्रेटर बे एरिया चीनको ह्युमानाइड रोबोटिक्स उद्योगमा नेतृत्व गरिरहेको र विश्वभरि प्रभाव पार्दै गएको रोबोट निर्माताहरुको भनाई छ । (सीसीटीभीप्लस)

सम्बन्धित खबर

/frontend/images/redline.png