सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१

जनता समाजवादी पार्टीको कार्यालय ग्वार्कोमा, वैकल्पिक शक्ति बन्ने अठोट

https://jawaaf.com/storage/01JMS85PB1FQC98WD4PZ3XG0VN.avif

काठमाडौँ । जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । आइतवार पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोक स्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुने जानकारी दिए । समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको पनि उनको भनाइ छ ।

उनले भने,‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरू सञ्चालन हुनेछन् । अब समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको छ ।’

कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मुलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ । राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरू सक्षम र लायक पार्टीको उदय हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए ।

उनले भने,‘पुराना पार्टीहरू पूराना विचार, पुरानो सोच, पुरानो संस्था र कार्यशैलीको कारण निरन्तर जनताको बीचमा विश्वास गुमाउँदै गएको र निराश भएको अनुभूति गरेको छौँ । कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहन्छ भने मुलुकमा राजनीतिक रिक्तता हुन सक्दैन् । त्यस्तो रिक्तता परिपूर्ति गर्ने अरू सक्षम र लायक पार्टीको उदय हुन्छ । त्यही मान्यतामा हामी जनता समाजवादी पार्टी  लिएर जनताको माझ आएका छौँ ।’

सम्बन्धित खबर

/frontend/images/redline.png