सोमबार, ११ जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १७ फागुन २०८१

समाजवादी विद्यार्थी सुनसरीको पहिलो बैठक सम्पन्न, चारवटा स्थानीय तहमा इन्चार्ज तोकियो

https://jawaaf.com/storage/01JN93QH40A03B3KBJK8MBBEHV.jpg

१७ फागुन, धरान । समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला समितिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । शनिवार धरान ३ वसुन्धरा भवन स्थित जनता समाजवादी पार्टी धरान नगरको कार्यालयमा भएको बैठकले सुनसरी जिल्ला अन्तर्गतका बाह्र मध्ये चार स्थानीय तहका लागि इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकेको हो । 

धरान  उपमहानगरको  लागि  इन्चार्ज  सन्जुहाङ  लिम्बु ,सह–इन्चार्ज  एरिना राई  ईटहरी  उपमहानगरका  लागि  नवराज  किराती  सह–इन्चार्ज  देबि खापुङ लिम्बु  बराहक्षेत्र, इनरुवा को लागि समितिका अध्यक्ष दिपेश राईलाई जिम्मेवारी दिइएको सुनसरी जिल्ला सचिव सुनन्द राईले बताए ।

बैठकले आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि "मिसन चैत्र – ५" शीर्षकमा समितका अध्यक्ष दिपेस राई को नेतृत्व र तोकिएको इन्चार्ज सह ईन्चार्ज सदस्य रहने सदस्य सचिवमा सन्जुहाङ लिम्बु रहेको छुटै समिति समेत गठन गरेको उनले जानकारी गराए । 

बैठक समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला अध्यक्ष दिपेश राईको अध्यक्षता र जसपा सुनसरी जिल्ला विद्यार्थी इन्चार्ज सुमन राईको उपस्थितिमा सम्पन्न भएको हो ।

सम्बन्धित खबर

/frontend/images/redline.png