सुनसरीका ६ वटा क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको संगठन दर्ता
धरान । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुन लागेको स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियन सुनसरीले जिल्लाका क्याम्पसहरूमा संगठन दर्ता सम्पन्न गरेको छ । त्रिभुवन विश्वविधालयले सार्वजनिक गरेको समयतालिका अनुसार युनियनले सुनसरी भरीका निर्वाचन हुने ६ वटा क्याम्पसहरूमा आफ्नो सहभागिता जनाएको हो ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरान संयोजक मुइङहाङ लावती, महेन्द्र बहुमुखी क्याम्पस विजय राई,पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस सवन आचार्य,जनता बहुमुखी क्याम्पस ईटहरी सोनाम तामाङ सुनसरी बहुमुखी क्याम्पस इनरुवा रित्तिक माझी, सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्र अतित निरौलाको संयोजकत्वमा संगठन दर्ता गरेको जनता समाजवादी पार्टी सुनसरी जिल्ला सहसचिव तथा विद्यार्थी जिल्ला इन्चार्ज सुमन राईले बताएका छन ।
सुनसरी जिल्लाका ४ स्थानीय तहका ६ वटा क्याम्पसहरूमा संगठन दर्ता सम्पन्न भएको हो । युनियनको सुनसरी जिल्ला अध्यक्ष दिपेश राईले यो पटकको सहभागीता उल्लेखनीय र ससत्त रहेको बताएका छन । अवस्था अनुसार सुनसरीका केही क्याम्पसहरूमा अन्य विद्यार्थी संगठन सँग मिलेर चुनाव लड्ने तयार रहेको आशय व्यक्त गरे । संगठन दर्ता सम्पन्न पश्चात् अब केही दिन भित्र नै प्रत्येक क्याम्पसहरूमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको बताए ।
सम्बन्धित खबर