मङ्गलबार, १२ जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २० फागुन २०८१

कोशी (लदी) पूजा चन्द्रपुरमा पनि मनाइयो

https://jawaaf.com/storage/01JNGGZNAWZ109KZR7WFD6ZV7M.jpg

रौटहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रनिगाहपुरमा मंगलबार सांस्कृतिक र्याली निकालिएको छ । चन्द्रपुर नगरपालिकाको विभिन्न स्थान परिक्रमा गरि चोकमा आएर कोण सभा भएको हो । कोण सभामा बोल्दै माझी समुदायका अगुवाहरुले आफ्नो सांस्कृतिक पर्व लोप हुँदै गएको र नयाँ पुस्तालाई थाहा नहुँदा यस बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । 

साना बालबालिका देखि युवायुवती र वृद्धवृद्धाको र्यालीमा सहभागिता रहेको थियो । माझी समुदायको मौलिक पोशाकमा उपस्थित भएका उनिहरुले लदी पूजा सफल पारौं अङ्कितका प्लेकार्ड बोकेका थिए ।

चन्द्रपुरमा रहेका माझी समुदायले पनि कोशी (लदी) पूजा  खोला तथा नदी किनारमा यो पर्व मनाएका हुन ।  विशेष गरि यहाको सिमरी खोला तथा नदी किनारमा यो पर्व मनाइएको छ । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । लदी पूजाका लागि प्रत्येक घरबाट रकम र चामल संकलन गरी चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउने गर्दछन् । 

लदी पूजाका दिन सामूहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । 

पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ । लदी पूजाको यो समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् । 

यो पर्व माझी समुदायलेहरेक वर्ष फागुनको तेस्रो मंगलबार  मनाउने गर्दछन ।कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले मंगलवार एक दिन सार्वजनिक बिदा दिएको थियो  ।

सम्बन्धित खबर

/frontend/images/redline.png