बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २३ वैशाख २०८१

छिमेकी राष्ट्र भारतको लोकसभा निर्वाचनमा नेपाल–भारत सीमानाआठ दिन बन्द गरिने

https://jawaaf.com/storage/01HX3H95JEPADHSPNBRSWE8YS3.jpg

सिरहा I छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यराति देखि २५ वैशाख सम्म सीमानाका बन्द रहने  छ । त्यसै गरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यराति देखि ७ जेठ मध्यरात सम्म बन्द हुने छ ।
 
करिब दुई महिना अघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले  बताउनुभयो ।

सम्बन्धित खबर

/frontend/images/redline.png