सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१

‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

https://jawaaf.com/storage/01JPYTF5RJPQ4VAXTDH4YXTQCH.jpg

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरू, कमैयाका मुक्तिहरू र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।

शनिवार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौँदेखि आगनमा टेक्न दिइदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन्, पधेरोको पानी निकालेर पिउन दिइँदैन् त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैँले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरू, कमैया मुक्ति चाहन्छु । सदियौँदेखि आगनमा टेक्न, देवता छुन र पधेरोको पानी निकालेर पिउन दिइँदैन् त्यो  वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ ।’

साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारूको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारूको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिबद्धता थारू समुदायसँग रहेको बताए ।

उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिबद्धता थारू समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौँ । यात्रामा हातेमालो गर्न चाहन्छौँ । मान्छेले  धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारूको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारूको अधिकार फरक फरक हुनुहुँदैन ।’

 यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारू र कमैयाहरूको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए ।

उनले  भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरूको समस्या समाधान गर्न सक्छौँ । आफ्ना मागहरू पूरा गर्न सक्छौँ । कञ्चनपुर जिल्लामा विस्थापित थारूहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन म सधैँ तत्पर छु ।’

बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबिच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेसको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png