सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १६ चैत २०८१

हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सले आग्रह

https://jawaaf.com/storage/01JQFYT2H681HMVCDR7QYCJCRC.png

काठमाडौँ । हिजो (चैत्र १५ गते) काठमाडौँमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सले आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मानवअधिकार एलाइन्स नेपाल सरकारसमक्ष हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको  शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लङ्घन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरू हुन् ।’

यस्तै उनले गतिविधिहरूले मानवअधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लङ्घन गरेको बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png