रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ
पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङ्जाबाट दुई जना सिकारी पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.–११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराति रतुवा मृग मारेको आरोपमा दुई जना सिकारी पक्राउ परेका हुन् ।
रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं.–११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको र मृत रतुवा मृग थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर