सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २१ चैत २०८१

झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ

https://jawaaf.com/storage/01JQX6EEQZ02MP57E6Q3Q3KQ4M.jpg

विराटनगर । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र इटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६ ग्राम, ईटहरी–२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय  सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी–९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनीका २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान–१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी–५ का २६ बर्षीय बिज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै सुनसरी हरिनगर–१ स्थितमा प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलीले सोही स्थनाका २० बर्षीय प्रकाश कुमार दास र २२ बर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागू औषधी नाईट्राजेपाम–१२० ट्याब्लेटसहित पक्राउ गरेको छ । 

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ बर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png