मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २४ चैत २०८१

पोखरामा प्रथम एलिट भलिबल कप हुँदै

https://jawaaf.com/storage/01JR4BFNVTGXSH42CEK95ZQX4S.avif

काठमाडौं । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा प्रथम एलिट भलिबल कप हुने भएको छ ।  शनिवार पत्रकार सम्मेलन गर्दै यही चैत २९ देखि वैशाख १ गतेसम्म हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फका इभेन्ट सञ्चालन हुने आयोजक टिमले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा एक टिममा सातौं, आठौं, नवौं र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिताका  संयोजक मलिन रोकाले बताए I

सम्बन्धित खबर

/frontend/images/redline.png