चट्याङले लागेर २ जनाको मृत्यु
फाइल फोटो I
विराटनगर । झापा र मोरङ जिल्लाको २ स्थानहरूमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ वर्षीय दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे वर्षा सँगै परेको चट्याङले लाग्दा साइकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका.१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक आविष्कार बराल घाइते भएका थिए ।
घाइतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर