बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
सीसीटीभीप्लस
सीसीटीभीप्लस
प्रकाशित मितिः शनिबार, ३० चैत २०८१

अमेरिका र हुथी विद्रोहीबीच तनाव, हवाई आक्रमणको चर्को विरोध

https://jawaaf.com/storage/01JRMR15N01EGA3PCK8870T7D9.avif

एजेन्सी । संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीहरू बीचको तनाव बढेको छ । यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ । शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ ।

शुक्रबार साँझ, यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ । 

अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए । तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन् ।

अमेरिकी आक्रमणको विरोधमा शुक्रबार दक्षिणी सानाको सेभेन्टी स्क्वायरमा ठूलो विरोध प्रदर्शन भएको थियो । जहाँ प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा उठाए र बढ्दो अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए ।

पछिल्लो हप्ता हुथी र अमेरिकी सेनाबीचको टकराव बढेको छ ।  अमेरिकी युद्धक विमानहरूले साना लगायत धेरै हुथी नियन्त्रित स्थानहरूमा बमबारी गरिरहेका छन् ।  अमेरिकी विमान वाहक युएसएस कार्ल भिन्सन लाल सागरमा आइपुगेको जनाइएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png