बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३० चैत २०८१

अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौँ : प्रधानमन्त्री

https://jawaaf.com/storage/01JRMS10XH48YHGVPFBM1WA7JE.jpg

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिवार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेश स्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’

उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए । देशमा स्थायित्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’

नयाँ भन्नेहरूको हालत देखिएको । जथाभाबी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे  । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउछौँ भनेर हिडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ ।

सरकारका सबै सूचकाङ्क सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषहरूलाई आधनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।

सम्बन्धित खबर

/frontend/images/redline.png