बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
दिपेश पौडेल
दिपेश पौडेल
प्रकाशित मितिः शनिबार, ३० चैत २०८१

वीरगञ्जमा दुई पक्षबिच झडप, अश्रुग्यास प्रहार

https://jawaaf.com/storage/01JRN2TN83B70DKTW114ZAYNXR.jpg

 रौतहट  । पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।

हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । 

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना हँुदै आएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png