बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
दिपेश पौडेल
दिपेश पौडेल
प्रकाशित मितिः आइतबार, ३१ चैत २०८१

कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ

https://jawaaf.com/storage/01JRPW5TQKSB4JJX2968R3V9AM.jpg

पर्सा । पर्सा प्रहरीले कर्फ्यू उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 


स्थानीय प्रशासनले लगाएको कर्फ्यू  उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।
स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे । अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ । 


जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षिय बैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, बैठकले मध्यान्ह १२ बजेपछि कफ्र्यु हटाउने वा थप समयका लागि जारी राख्नेबारे निर्णय गर्नेछ ।


वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको हो । 
यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कर्फ्यू का कारण सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png