बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ३१ चैत २०८१

पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ

https://jawaaf.com/storage/01JRQDG4TXPKT7PV53GD7YW04Q.jpg

रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको  जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल  बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट  पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो।अवैध हतियार, लागुऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।

नेपाल भारत सीमा क्षेत्रबाट अवैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png