बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०१ वैशाख २०८२

वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

https://jawaaf.com/storage/01JRS41ZBX722ER1HBME9F58GW.jpg

रौतहट । पर्सा प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमवार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।

कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा  प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागु गरिएको कर्फ्यु आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कर्फ्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पर्साका प्रशासकीय अधिकृत पटेलले बताए ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।

Photo.jpg 78.3 KB

सर्वदलीय बैठकमा पाँच बुँदे सहमति

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ। बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए ।

बैठकमा दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्‍भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।

हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न भएको दुई पक्षबिचको झडपलाई लिएर झडपश्चात् वीरगन्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।  

सम्बन्धित खबर

/frontend/images/redline.png