बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०२ वैशाख २०८२

तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

https://jawaaf.com/storage/01JRVMQBVTBEBR45X82KKCEJ5H.avif

जनकपुर । नयाँ वर्ष २०८२ को दोस्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ ।  शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्‍भावको प्रतीक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । 

आजको दिन घरका ठुलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरूको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।

घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसँगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरूमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शीतलता प्रदान गर्ने जन विश्वास रहेको छ ।

जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png