बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०३ वैशाख २०८२

वीरगञ्जमा समाचार सङ्कलन गर्ने क्रममा तीन पत्रकार घाइते

https://jawaaf.com/storage/01JRY8C4PV4ZDJB2GVE9HGPD0Y.jpg

रौतहट । पर्सा प्रहरी कार्यालय नजिकमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन ।

हिन्दुवादीहरूले गरेको प्रदर्शनको समाचार सङ्कलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् ।

गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरू  घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Photo (3).jpg 66.7 KB

प्रहरीले धार्मिक सद्‍भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो । उनीहरूको बिना सर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी  प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।

यता नेपाल पत्रकार महासङ्घ पर्साले समाचार सङ्कलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरूलाई घाइते बनाउने दोषीहरूलाई कारबाहीको माग गरेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png