बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०७ वैशाख २०८२

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा

https://jawaaf.com/storage/01JS9NDF4AF77E55S4KBBCVPBH.jpg

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् ।

आइतवार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङदेनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए ।

निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो । प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरू करिब ४ घण्टापछि रिहाइ  भएका हुन् ।

अध्यक्ष लिङदेनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png