बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०८ वैशाख २०८२

भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र

https://jawaaf.com/storage/01JSC78F1F8WXJ5EPWAZ1FCCDD.jpg

इटहरी  । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।

सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनीहरू सोमवार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । बेपत्ता परिवारका अनुसार सुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुबै जना फेला नपरेको डीएसपी खतिवडाले जानकारी दिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png