बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २६ वैशाख २०८१

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोड राजश्व संकलन

https://jawaaf.com/storage/01HXBVH4R1SPEAZ2X371N7K2M2.jpg

भद्रपुर (झापा) I मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०-०८१ को चैत मसान्तसम्ममा रु ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा रु १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो आ.व. २०७९-०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो ।     
     
काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् । यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।     

सम्बन्धित खबर

/frontend/images/redline.png