बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १२ वैशाख २०८२

रौतहटको गरुडा स्थित चाँदी खोलामा बालकको शव फेला, हत्याको आशंका

https://jawaaf.com/storage/01JSPA9R0K2M6NB9ZJAW07ZGN0.jpg

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार  बालकको शव शुक्रबार बिहान

पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png