पत्रकार हिमाल राईको निधन
बराहक्षेत्र (सुनसरी) : बराहक्षेत्र नगरपालिका वडा नं. २ मा स्थायी घर भई दुई दशक देखी पत्रकारीता पेशामा सक्रिय पत्रकार हिमाल राईको निधन भएको छ ।
पत्रकार राईको आज बिहान आफ्नै निवासमा निधन भएको हो । मृतक राई पत्रकारिता क्षेत्रमा सक्रियता सँगै आफ्नो पेसागत संघ-संगठनहरूमा पनि आबद्ध रहेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरी उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ सुनसरीका प्रदेश पार्सद सदस्यरहेका छन् । त्यसैगरी ग्रामीण पत्रकार समूह वराहक्षेत्रका संस्थापक अध्यक्ष पनि हुन ।
५१ वर्षीय मृतक राईको श्रीमती, एक छोरा र एक छोरीरहेको छ। जस मध्ये छोरा वैदेशिक रोजगारीमा रहेकाले उहाँ तत्काल आजै आउन असम्भव भएका कारण मृतक राईलाई बी.पी. हस्पिटल धरानको शवगृहमा राखिएको छ ।
पारिवारिक स्रोतका अनुसार विदेशबाट छोरा आए पश्चात् दाहसंस्कार गर्ने जनाइएको छ ।
सम्बन्धित खबर