बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १७ वैशाख २०८२

पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि रेशम चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

https://jawaaf.com/storage/01JT32Q9YCKQVA51P5H1TWNQH3.jpg

काठमाडौँ । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।

उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकीकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।

‘तत्कालीन अवस्थामा हामीलाई एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू बसेर अगाडिको छलफल  बढाउछौ ।’ उनले भने ।

उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए ।

उनले भने, ‘राज्यले पहिचानवादीहरू, थारु, मधेशीहरु, सीमान्तकृत वर्गहरू एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरू कारण केही थिएन् ।’

सम्बन्धित खबर

/frontend/images/redline.png