मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १९ वैशाख २०८२

राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी

https://jawaaf.com/storage/01JT7GDZ8YZRC21M84FS4B9AW0.jpg

काठमाडौं । कोसी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।


नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार  पुरुषतर्पm कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् । 

पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्‍यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । 

मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफ दी म्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए । 

खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।


समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो ।  

पुरुषतर्पm लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् । 

आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । 

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो । 

एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।


बिहीबार महिलातर्पm भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हराउँदै सुखद सुरुआत गर्‍यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे ।

मायौरी प्लेअर अफ दी म्याच भइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्पm प्रतियोगिताको उद्घाटन गरेका थिए । 

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । 

यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png