बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२

‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’

https://jawaaf.com/storage/01JTA3YSPJ6KWMYK6Z9ADK26QR.jpg

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ । 

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन् । 

अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ । मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ । पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रुपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । 

‘बहुजातीय देशहरुमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समुहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मूक्तिका लागि आवश्यक छ भन्ने चिन्तन नै पहिचानको राजनीतिको चिन्तन हो,’ बस्नेतले भने ।  

गोष्ठीमा ऐक्यबद्धता र सक्रिय सहभागिता जनाउन सबै पहिचान पक्षधरहरुमा उनले आग्रह गरेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png