बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२

मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

https://jawaaf.com/storage/01JTD8NW41G7QCP3R26KMT48GX.webp

विराटनगर  । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतवार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।

ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतवार बिहान ४ बजे तामाङको ज्यान गएको ढुंगेलले जानकारी दिए ।

तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको बताइएको छ ।

तामाङको शव कोशी अस्पतालमै राखिएको छ । परिवारलाई सूचना दिइएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ ।

हाल मोरङ कारागारमा ३ सय जनाको क्षमताविरुद्ध १ हजार ३८ जना कैदीबन्दी राखिएका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png